सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर माध्यमिक विद्यालयद्वारा भोटेकोशी बाढीपीडितलाई ६६ हजार पाँच रुपैयाँ सहयोग

२०८३ भदौ १७, ०६:०६ लक्ष्मण ढुङ्गाल

धनगढी। धनगढीस्थित श्री त्रिनगर माध्यमिक विद्यालयले भोटेकोशी बाढीपीडितका लागि ६६ हजार पाँच रुपैयाँ आर्थिक सहयोग गरेको छ।

विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबाट स्वेच्छिक रूपमा चन्दा संकलन गरी उक्त रकम जुटाइएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक भूपालसिंह खड्काका अनुसार भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले आर्थिक सहयोग गरिएको हो।

विद्यालयले विपद्का कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै पीडित परिवारलाई सहयोग गर्नु मानवीय दायित्व भएको जनाएको छ। विद्यालयले सहयोग अभियानमा सहभागी सम्पूर्ण शिक्षक तथा विद्यार्थीलाई धन्यवादसमेत दिएको छ।

सरकारले पनि भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आह्वान गरेको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस