सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्शुरामका मेयरको सेवा सुविधा एक कप चिया मात्रै

२०७५ पुष २०, १२:५७ नवराज पनेरु

स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाबाट विजयी जनप्रतिनिधिहरु सेवा सुविधाभोगी भएको आरोप आम बनिसकेको छ। विकास र समृद्धिका सपना बाडेर विजयी भएका जनप्रतिनिधिहरु आफ्नै सेवा सुविधा बढाउनमा केन्द्रित भएपछि जनतामा निराशा बढेको छ। झन सबैभन्दा गरिव प्रदेशमा पर्ने सुदूरपश्चिमका जनप्रतिनिधि त अझै बढि सेवा सुविधाभोगी भएपछि सुदूरपश्चिमका जतामा निराशा अझै बढि बढेको छ। अधिकार सम्पन्न स्थानीय तहका जनप्रतिनिधिले आवश्यकता भन्दा बढी सेवा सुविधा लिने, विकास निर्माणका काममा कमिसन खाने परिपाटी हावी भएको अवस्थामा सुदूरपश्चिममै यस्ता जनप्रतिनिधि पनि छन् जस्ले कुनै पनि शिर्षकमा सेवा सुविधा लिदैनन्। तीनै हुन्, डडेल्धुराको पर्शुराम नगरपालिकाका मेयर भीमबहादुर साउद। 

अहिले सम्म नियम अनुसार आफूले पाउने तलब, तेल खर्च, घर भाडा, दैनिक भ्रमण भत्ता, गाडी सुविधा र नगरपालिकाबाट पाउने हरेक बैठकको भत्ता मेयर साउदले लिएका छैनन्। नियम अनुसार पाउने सबै सेवा सुविधा समेत सिधै कोषमा जाने गरि मेयर साउदले मेयर कोष स्थापना गरिसकेका छन्। मेयर कोषमा जम्मा हुने रकम निजी स्रोतका शिक्षक, आर्थिक रूपमा विपन्न वर्गका बिरामी, विभिन्न रोगले ग्रसित बिरामी र अन्य सामाजिक काममा खर्च गर्ने गरी मेयर साउदले कोष स्थापना गरेका थिए। उक्त कोष स्थापना भएपछि पर्शुराम नगरपालिकाका धेरै विपन्न समदुयाका बालबालिकाहरुले पढ्न पाएका छन् भने धेरै वाढि पीडितले राहत, उपचार नपाएकाले उपचार पाएका छन्। 

पर्शुराम नगरपालिकाका कानुनी सल्लाहरका गोविन्दराज जोशीले मेयर कोषबाट धेरै पर्शुरामवासिले राहत पाएको बताए। पुर्शराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले पर्शुराम नगरपालिकाका वासिन्दाले मनकारी मेयर पाएको बताए। उनले लिनै पर्ने सेवा सुविधा मेयर कोषमा जाने र अन्य कुनै पनि सेवा सुविधा मेयर साउदले नलिएको बताए। उनले भने, मेयर साउदले नगरपालिकाबाट पाउने भनेको दैनिक एक कप चिया मात्रै हो। आफ्नै गाडी चढ्दै आएका मेयर साउदले ईन्धन पनि व्यक्तिगत खर्चबाटै हाल्ने गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत शाक्ने भने, आफ्नो निजी गाडी प्रयोग गर्छन, तेल पनि निजी खर्चबाट चलाउँछन्, वडामा भ्रमण गर्दा कानुनी रूपमा पाउने कुनै पनि भत्ताको लालच छैन्। 

मेयर साउदले जनताको सेवाका लागि निर्वाचन लडेको र जनताले नै विजयी गराएकाले उनीहरुकै करबाट आफ्नो सेवा सुविधा थप्नेमा ध्यान नै नगएको बताए। उनले राजीनिती सेवाकै लागि सुरु गरेकाले कुनै पनि सेवा सुविधा नलिएको बताए। प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिको तलब तोकेको पनि मेयर साउदलाई मन परेको छैन्। उनले सेवा सुविधाभोगि भएका जनप्रतिनिधिलाई सुझाव दिदै भने, जनताको मतको कदर गर्दै विकास र समृद्धिमा ध्यान दिनुपर्छ। 

धेरैले मेयर साउदले कुनै पनि सेवा सुविधा नलिने गरेको सुन्दा उनको खर्च व्यवस्थापन कसरी हुन्छ भन्ने जिज्ञासा पनि धेरैलाई लागेको होला। सुदूरपश्चिममा भने धेरैलाई थाहँ छ मेयर साउद एउटा सफल निर्माण व्यवासायि हुन भनेर। उनी राजेन्द्र निर्माण सेवाका मालिक हुन्। अहिले पनि उनको निर्माण कम्पनीले दर्जनौ विकास निर्माणको योजनामा ठेक्का पाएको छ। 

पर्शुरामलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने लक्ष्य
महाभारतबाट निस्किएको रंगुन नदी र मानसरोवरबाट महाकाली नदीको संगमस्थलका रुपमा परिचित परशुराम धाम क्षेत्रको बारेमा धार्मिक ग्रन्थहरुमा समेत धेरै उल्लेख गरिएको छ। र पर्शुराम क्षेत्र अहिले पनि पर्यटकको पर्खाइमा छ। त्यसैले मेयर साउदले पर्शुरामलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने लक्ष्य राखेका छन्। डडेल्धुराको परशुराम नगरपालिका– ५ मा रहेको परशुराम धामको प्रचार –प्रसार गर्ने उद्देश्यले परशुराम धाम धार्मीक महोत्सव पनि आयोजनाको तयारी भएको छ।

पौष ३० गते उद्घाटन हुने धार्मीक महोत्सव माघ ८ गते सम्म जारी रहने छ। म्होत्सवबाट पर्शुरामको प्रचार प्रशार गर्दै पर्यटकहरुका लागि मुख्य गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य उनको छ। अहिले त्यसकै प्रचार प्रशारमा व्यस्त भएका मेयर साउदले दिनेश खवरसंग कुराकानी गर्दै पर्याप्त सम्भावना भएर पनि ओझेलमा परेको पर्शुरामलाई नेपालकै प्रमुख मध्येको गन्तव्य बनाउने लक्ष्य रहेको बताए।

त्यस्को प्रचारका लागि विभिन्न ठाउँमा जाँदा समेत मेयर साउदले व्यक्तिगत खर्च गरिरहेका छन्। स्कन्द पुराणमा उल्लेख भए अनुसार नजीकै रहेको पूर्णागीरी मन्दिरमा सतिदेवीको पूर्ण अंग पतन पछि भगवान शिवले यही धाममालामो कालखण्ड तपस्या गरेको किम्बदन्ति रहेको छ। महाकाली नदीको किनारामा रहेको चुनढंगामा बसेर भगवान शिव र बिभिन्न ऋषिहरूले तपस्या गरेको किम्बदन्ति रहेको छ ।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस