धनगढी–२ सन्तोषी टोलका केसी दम्पतिद्वारा कपडा बैंकलाई सहयोग
धनगढी :धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ३३ थान कपडा सहयोग गरिएको छ । धनगढी–२ सन्तोषी टोलका गोपाल के.सी र उनकी श्रीमती जानकी के.सीले कपडा बैंकमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो । कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ । हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो । धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन् ।