सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोडल झरनाले मायामा धोका खाएकी हुन् र ?

२०७८ मंसिर २, ०४:११ खबर संवाददाता

धनगढी: झर्ना बोहरा पछिल्लो समय चर्चामा रहेकी मोडल हुन्। उनले अहिलेसम्म २५० भन्दा बढी भिडिओमा अभिनय गरिसकेकी छिन्। कुनै औपचारिक मोडलिङ शिक्षा नलिएकी उनी डान्स कलास समेत भर्ना भइनन्। तर पनि उनले सुदूरपश्चिमका विभिन्न भाकामा मनै लोभ्याउने नृत्य गरेको देख्न पाइन्छ। उनी अछामी लवजमा टिकटक बनाउने गर्छिन्, जसले उनलाई भाइरल समेत बनाएको छ। 

टिकटकले अभिनयको करियरमा कस्तो सहयोग गरेको छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘टिकटकमा भाइरल हुनुभन्दा पहिला नै अभिनयमा प्रवेश गरेकोले टिकटकबाट नै म अभिनय क्षेत्रमा प्रवेश गरेको चाहिँ होइन। तर पूवतिरको मान्छेहरुले पनि मेरो टिकटक रुचाउँछन्। त्यसले अभिनय क्षेत्रलाई पनि सहज नै गर्छ।’

उनको अभिनयको यात्रामा परिवारको पनि राम्रो साथ रहेको छ। उनले पहिलो भिडिओ परिवारकै सहयोगमा खेलेकी थिइन्।  यहीँ प्रसंगमा उनी भन्छिन्, ‘मेरो पहिलो म्यूजिक भिडिओ तीजको गीतमा थियो। जुन मैले परिवारकै सपोर्टमा खेलेकी थिए।’ उनको सपना भने म्यूजिक भिडिओहरुमा अभिनय गर्ने, देउडा गीतहरुमा अभिनय गर्ने कहिलै थिएन। तर यहाँसम्म कसरी पुगिन् उनी आफैलाई पनि घट्नाक्रम थाहा छैन। उनी गाउँमा हुने देउसीभैली, स्कुलमा हुने संस्कृतिक कार्यक्रमहरुमा अभिरुचिको कारण भाग लिने गर्थिन्। सायद यहीँ अभिरुचिले उनलाई आज एउटा सफल मोडल बनाएको छ। 

टिकटकमा पनि उनलाई २ लाख ४ हजार भन्दा बढीले पछ्याएका छन्। उनका भिडिओहरु ६९ लाखभन्दा बढीपटक मन पराइएका छन्। उनको अकाउन्ट्मा उनको स्वरमा अछामी लवजका केही भिडिओ बनाएका देख्न पाइन्छन्। भने, केही अभिनय गरेर बनाइएका भिडियो छन्। अछामी लवजमा भिडिओ बनाउने सोचाइ कसरी निर्माण भयो भन्नेमा प्रश्नमा उनी भन्छिन्, ‘हिन्दी डाइलग जुन नेपालीमा पनि अनुवाद थियो त्यसलाई नै मैले अछामी लवजमा ढाले। त्यो भिडिओ खुबै भाइरल भयो। लगभग २० लाखभन्दा बढीले त्यो भिडिओ हेर्नुभयो। त्यसपछि भने थप भिडियो बनाउन थाले।’ 

उनका केही टिकटक प्रेमिल भाव झल्काउने किसिमका छन्। उनका कमेन्ट बक्समा प्राय धोका खानुभएको त होइन कि ? भन्ने भावका प्रतिक्रिया हुन्छन्। यसलाई नै आधार मानेर उनलाई कतै तपाईं टुट्नु भएको त छैन् नि ? भनेर प्रश्न गर्दा उनले आफ्नो टिकटकमा पनि यस्ता प्रश्न सामना गर्नुपरिरहेको सम्झिँदै भनिन्, ‘छैन् त्यस्तो ब्रेकअप भन्ने त छैन। अभिनय गर्दा यस्तो देखिएको हुन सक्छ।’  प्रेम सम्बन्धको विषयमा प्रश्न गर्दा भने उनले खुल्न चाहिनन्। भनिन् ‘सबै कुरा नखुलाउ होला।’ 

अभिनयको क्षेत्रमा उनी अभिरुचिको कारणले लागिरहेको बताउछिन। आउँदै गरेका र अभिनयकै क्षेत्रमा भविष्य बनाउन खोज्नेलाई उनी भन्छिन्, ‘सम्भावना राम्रो भए पनि पैसाको लागि भनेर यो क्षेत्र त्यति राम्रो छैन। पैसा कमाउनु प्राथमिकता हो भने अरु क्षेत्र नै राम्रो होलान् तर यो क्षेत्र त्यति सहज छैन।’

(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा मोडल बोहरासँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)

कमेन्ट लोड गर्नुस