सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक पसलबाट नगदसहित ३ लाख मूल्य बराबरको सामान चोरी

२०७८ कार्तिक २४, ११:४५ खबर संवाददाता

धनगढीः धनगढीको एक किराना पसलबाट नगदसहित ३ लाख मूल्य बराबरका सामान चोरी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित शान्तिनगरमा रहेको किराना पसलबाट शनिबार भाइटिकाको राति चोरी भएको हो।
गोविन्द किराना प्लस कस्मेटिक प्लस मोबाइल ग्यालरी प्लस इ–सेवा प्लस दुध डेरी पसलबाट एक लाख नगदसहित कम्प्युटर, मोबाइल, लुगाकपडा, चप्पल लगायत गरी ३ लाख मूल्य बराबरको सामग्री चोरी भएको पसलकी सञ्चालक धनलक्ष्मी श्रेष्ठले बताइन्।

पसल पछाडी श्रेष्ठ बस्ने घर भएपनि मध्यरातमा चोरी भएको हुनसक्ने उनले बताइन्। ‘बिहान उठेर हेर्दा पसलको ताल्चा तोडेको देखेर हतार हतार पसलभित्र पस्दा नगदसहित सामान गायब भएको देखे’ उनले भनिन्।

पसलभित्र बसेर खानमिल्ने सामग्री खाएको समेत भेटिएको छ। चुरोट, गुट्खा लगायत पसलभित्रै बसेर खाएको देखिन्छ। पसलभित्र महिलाले प्रयोग गर्ने चस्मा र चप्पल समेत फेल परेको छ। घटना घटेको भोलिपल्ट प्रहरीलाई स्थानीयले खबर गरेका थिए। प्रहरी टोलीले विवरणहरु टिपेर लगेपनि अहिलेसम्म घटनाको विषयमा प्रहरीले आफुहरुलाई कुनै जानकारी नदिएको श्रेष्ठले बताइन्। 

कमेन्ट लोड गर्नुस