रविलाई मार्मिक पत्र
प्रिय रवि,
रवि, मनलाई सिथिल पारेर तिमिलाई यो पत्र कोर्दै छु । हुनत त्यति उत्तेजक भाव र तृष्णित मन ममा छैन तर खुसिको बहलाई कस्ले पो रोक्न सक्छ र ? खुसिका आँसुहरु बर्शाउँदै, मनको बहलाई बहकाएर तिम्लाई यो पत्र कोर्ने साहस बटुलेको छु । पिलिज रवि समय भए पढ्देऊ ल ? भन्छन्, माया बस्न मात्र एक नजर नै काफी छ तर हेरन रवि तिम्रो र मेरो भेट हुने सौभाग्य नै जुटेको छैन। जसले माया बसाउने नजरको कुरालाई नकारेको छ। यो डाईलग हाम्रो प्रेममा असफल भएको छ। माया प्रेम गर्न भेट मात्र नहुँदो रहेछ रवि । ताकी उसको कला र क्रियाकलापले पनि गज्जवको काम गर्दो रहेछ प्रेम बसाउन।
केही दिन यता मुटुका भल्वहरु ठाडा भएका छन् । मन हावा भएको छ । यि हातहरु मोवाईलमै व्यस्त छन्। आँखाका नयनहरुको त कुरै नगर हर–समय, हर–पल र हर क्षण–क्षणमा युटुवमा रविलाई नै हेर्न व्यस्त छन्। माया प्रेम बस्न विपरित लिङ्गी नचाहिँदो रहेछ। त्यो मेरो तिमी प्रतिको प्रेमले सावित गरेको मैले महसुस गरेको छु । मैले युटुवरहरुले बनाएका तिम्रा अतितका कहानीहरु प्रष्ट देखेको र सुनेको पनि छु। घरधन्दा चलाउन भारत गएको तर बुवाले तिमिलाई भारतमा बस्न नमानेपछि तिमी नेपाल फर्केको कुरा मैले युटुवमा देखेको थिएँ। त्यो वाक्य मेरो मानसपटलमा कण्ठ भएको छ रवि । अहिले नेपालको सँँगेतिक रियालिटी सो नेपाल आईडल २ मा तिम्रो चर्चा चुलिएको देख्दा सपनाझैं लाग्छ। किनकी हिजो भारतको एक गल्लीमा काम गर्ने एक नेपाली युवा आज आफ्नै देशको उत्कृष्ठ सााँगेतिक रियालिटी सोको फाईनलमा पुग्न सफल भएको छ।
रवि, यो तिम्रो मिहेनत र परिश्रमलाई म भारतकै प्रधानमन्त्री नरेन्द्र मोदीसँग तुलना गर्न भ्याउँछु। उनको पनि ईतिहास चियासँग जोडिएको छैन र ? रवि, तिमी हरेकको सामाजिक सञ्जालमा छाएका छौं । यो भन्दा अरु के नै भन्नु छ र तिम्रो बारेमा। र के नै हुन्न सक्छ र यो भन्दा बढी उपलब्धि ? जो कोही जो कसैको मनमा बस्न सक्दैनन् रवि। यो मैले मात्र लेखेको पत्र कदापी होईन। यो हजारौं देश विदेशवाट तिम्रा शुभचिन्तकहरुले पठाएको प्रेमपत्र हो तिमीलाई। तिमीले गाएका हरेक गीतहरु सँगैको तिम्रो हाउभाउ क्या गज्जव लाग्छ हामीलाई। पुर्व मेचीदेखि पश्चिम महाकाली सँगै देश विदेशमा रवि छाएको छ। प्रतिष्पर्धामा कतिपय केही नकरात्मक टिप्पणी गर्ने स्वभाविक नै आउँछन्। तर मज्जा त्यसैमा छ रवि । किपर विनाको गोलपोष्टमा गोल हान्न त्यति मज्जा आउँदैन, त्यो तिमिलाई पनि थाहा छ। भोली नेपाल आईडलको ताज तिमी पहिरन्छौं वा अरुले त्यो समयले बताउँछ तर हरेक मान्छेको मन मस्तिष्कको ताज तिमिले पहिरेका छौ रवि। किप ईट अप । लभ यु रवि ।
उही तिम्रो शुभचिन्तक
सन्तोष रोकाया
मष्टा गाउँपालिका २ बझाङ्ग
हालः धनगढी कैलाली