सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतो हेडफोनवाली (भाग–२)

२०७८ असोज २२, १२:००

-यज्ञ राज गिरी 
...उसले लाईक गरेका मध्ये लभ फोरएभर र डियर जिन्दगी  मैलेपनि लाईक गरेका पेज थिए। उसले तिनै पेजहरुबाट सेयर गरिराख्थी मन छुने कथाहरु र मीठा धुनहरु। म पोखरीको  माछीझै पौडिन चाहन्छु उसको मनभरी सास रहुन्जेलसम्म,  उ भने नदीझै बग्न चाहन्छे सागर भेट्न। उ पूर्णिमाको टहटह रातमा रमाउन चाहन्छे, म औंशीको रातमा उडेका जुनकीरीलाई पूर्णिमा देख्छु। मेरो फ्रेन्ड लिस्टमा उसको नाम नभए पनि म्यासेज लेख्न मन थियो अफलाईन बाटै र सरप्राईज गराउन मन थियो। 

म्यासेज लेखे कैयौंपल्ट, सम्बोधन गरे आफ्नै मुटु सम्झेर।  प्रिय, हेडफोनवाली...तिमीलाई लेखेका कैयौं मेसेज सेन्ड नभईकनै डिलिट भए। तिम्रा  हरेक पोस्टहरु मेरा लागि   ठुलाठुला ग्रन्थ  बन्थे। तिमीले लेखेको एक शब्दलाई सयौं  पानामा वर्णन गर्न मन लाग्थ्यो प्रेमिकाका प्रेमपत्र झै  तर रित्ता फर्किन्थे हातहरु।  तिम्रो  नामको  दश अंकको फोन नम्बर पाउने आसमा कैयौं रात कटे होलान् मेरा। यस्तै–यस्तै  शब्दहरु टाईप गर्थे अनि मेटाउँथे।

उसको  प्रोफाईल खोलेर उसका पोस्ट  र सेयर  हेरिहाल्न  मन लाग्थ्यो। पढ्दै जाँदा पानीले आगो निभेझै निभ्थे म। जब तातो नुनिलो आँसुको  भल आँखाको किनारबाट चुहिन्थ्यो तब फोनको  स्क्रिनबाट उसको  प्रोफाईल हटाउथे। उसका  पोस्ट र सेयर बाट प्रस्ट हुन्थ्यो कि उ कसैसँग प्रेमको सागरमा चुर्लुम्म डुबिसकेकी छे। कि सुकेको  काठझै बगरमा ठोक्किएर  किनार लागेकी छे।

यी दुईमध्ये कुन कुराले बढी मत पाउँछ हेर्दै जाँदा देखिनेछ अवश्य मायाको  भिषण मतगणनामा। चिसो मौसम  बिस्तारै  घमाईलो हुँदै जान्छ, माईलौ टाढाबाट  निस्केका  घामका किरणहरु बिस्तारै  जमिन ढाक्दै जान्छन्। बाहिर मान्छेहरुको चहलपहल बढ्दै  जान्छ। ढोकाको कापबाट अपराधी  शैलीमा  भित्र  छिरेका धामका किरणले मलाई  झस्कायो। हेडफोन मै अल्झिएको म, उता समय भने ९ बजिसकेछ। 

हतार–हतार उठ्छु। एक गिलास तातोपानी  बाहेक केही  खाने फुर्सद  थिएन मलाई। पुरै एक घण्टा लाग्थ्यो  मलाई  स्कुल  पुग्न। एक गिलास तातोपानीले तताएको मेरो ईन्जिन   बाहिरको मौसमले  चिसो  बनाउने पक्का थियो। र, पनि म  निलो, सेतो र कालो रङको  कम्बिनेसन  माथि पहेँलो  रङको पातलो  विन्डचिटर लगाएर निस्कन्छु। शितले चिस्सिएको मेरो बाईक जति किक हान्दा पनि स्टार्ट हुँदैन्। चोक तान्छु, अनेक कोसिस गर्छु तर केही हुँदैन।  किक हान्दा हान्दा म पसिनाले भिजिहाल्छु तर मरे स्टार्ट हुँदैन। ओरालोमा हाल्छु बाईक बल्ल स्टार्ट हुन्छ। 

बाईक सडकमा कुदिरहेको छ। पहाडका घुम्तीहरुमा तर ती घुम्ती भन्दा पनि घुमाउरा उसका यादहरु छन् मेरो आँखामा। सेतो हेडफोन नामको भाइरसले मलाई कडा खालको बिरामी पार्यो तर उपचार उसैसँग सिमित  छ।  उसको सेतो हेडफोन आईसियूमा राखेको बिरामीलाई ‘ओ नेगेटिभ’ ब्लड जत्तिकै  आवश्यक  थियो  मेरा लागि। 

सेतो हेडफोनवालीको झुम्का स्लाईन पानीमा मिसिएको  औषधि झै थियो मेरा लागि। तर यी त सब दृष्टिभ्रमका क्यानभास मात्र  थिए, कोरा सपनाहरु।   सीता जस्तै  होलि उ चरित्रमा  अनि क्लियोपेट्रा होलि सुन्दरतामा तर नत मैले सीता र क्लियोपेट्रा देखे नत त्यो  हेडफोनवालीलाई।  

मैले  एक घण्टाको बाटो  पार गरिसके तर मलाई  एक मिनेट  भए  जस्तो  पनि लागेन। दश बज्न पाँच मिनेट छ म फिल्डमा  पुगे।   ‘सर नमस्कार !’ भन्दै  सम्बोधनका हात उठउँछन् साना भाईबहिनीहरु। मैले पनि फर्काए सम्बोधनबाटै, माया, सम्मान अनि जिम्मेवारी। साना भाइबहिनीहरुको खुब माया लाग्छ मलाई। आँखा रसाएकी, रवरले चुल्ठो  बाँधेकी सानी गोरी भर्खर अक्षर आरम्भ  गर्न  आएकी  बहिनीले टुलुटुलु  मलाई  हेरिरही। 

‘सानु’, भनेर बोलाए, टाउको  हल्लाएर  हजुर भन्दै उनी म कहाँ आईन। काखमा समाते सानीलाई, खुब प्यारी थिई। सोधे  थुप्रै  प्रश्न। मेरो  खल्तीमा  चकलेट  थियोे  क्याडवरी डेरीमिल्क। ‘सानी खान्छौ ?’ भनेर सोधे ‘नाई मलाई  मन पर्दैन फुपुलाई लग्ने’ सानीले खाईनन्। मैले जिद्दी गरे तिमी खाउ भनेर। म ललिपप खान्छु रे।  मैले सानीलाई भोलि ल्याइदिन्छु भनेर ढाँटे। ‘हस’,  भनेर तोते बोलीमा मायाको बर्सात गरेर गई प्यारी सानी।

घण्टी बज्छ, टिनिनिनि... अनि ड्रम ढ्याङ–ढ्याङ... हेडसर पुग्नुभयो।  सबैलाई  सतर्क  भनेर पिटीमा व्यस्त गराउनुभयो। केहीछिन ड्रमको ढ्याङ–ढ्याङ आवाज कानमा गुन्जीरह्यो। कक्षा सुरु भयो मैले रजिस्टरमा आफ्नो हाजिरी गरे अनि समाते विद्यार्थी हाजिरी  रजिस्टर। 

‘गुड मर्निङ क्लास...’भनेपछि ‘गुड मर्निङ सर...’ भन्ने रिप्लाई आयो।  ‘टेक योर सिट यान गुड डे अहेड’ भन्दै हाजिरी  सुरु हुन्छ। रोल न वान.......फिप्टिन। ‘ह्याभ यु एनि होमवर्क फोर टु डे....?’ रिप्लाई  आउँछ ‘यस सर।’  
कालो मार्करले सेतो वोर्डमा लेख्न  सुरु गर्छु। युनिट  सिक्स ... टेक्नोलोजी।  हरेक पाट्सको वर्णन गर्दै गए  सिपीयू, मोनिटर, माउस, किबोर्ड  आदि।  फ्याट्ट उठ्छ एउटा भाई र सोध्छ ‘सर, हेडफोन इन्पुट डिभाईस कि आउटपुट ?।’ 

‘हेडफोन .....!’ धन्न सेतो भन्न छुटाए छ।  प्रश्नले मलाई कम्युटरको हेडफोनसँगै सेतो हेडफोनवाली सँग पु¥यायो। हेडफोन जसमा माईक्रोफोन र स्पिकर दुवैै छन्। कम्प्युटरको ईन्पुट र आउटपुट डिभाईस। धेरै  वर्णन  गर्न  मन लाग्यो  त्यसका  गुणहरु थपि–थपि। 

वादविवादमा  पक्षले पिपक्षीलाई वर्षाए झै वर्षाउन मन लाग्यो। गहकिला र चोटिला तर्कहरु तर गरिन त्यस्तो।  युनिट सकाए, होमवर्क  दिए अनि निस्के।  अब दोस्रो पिरियड सोसल छ मेरो सात क्लासमा....क्रमश

यो पनि :
सेतो हेडफोनवाली (भाग–१)
 

कमेन्ट लोड गर्नुस