सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि ओड नेपाल आइडल बन्ने सम्भावना कति ?

२०७५ मंसिर १९, ०१:०७ खबर संवाददाता

सांगीतिक रियालिटी शो नेपाल आइडलको पहिलो सिजनमा सुदूरपश्चिममा अडिसन नै भएन्। अन्तराष्ट्रिय रियालिटी शो नेपालमा भित्रिएर पनि सवै क्षेत्रमा अडिसन हुँदा सुदूरपीश्चम भरि उक स्थानमा समेत अडिसन नहुँदा नव प्रतिभामा निकै निराशा थियो। तर पनि काठमाडौवाट सहभागीता जनाएकी धनगढीकी सन्ध्या जोशी पहिलो सस्करणमा उत्कृष्ट ९ मा पर्न सफल भईन्। उत्कृष्ट ९ मा यात्रा सकिएपनि उनको चर्चा र उनका गीतहरुले बजार तताउन सफल भयो। 
नेपाल आइडलको दोस्रो सिजनमा भने सुदूरपश्चिमको धनगढीमा अडिसन भयो। सयौँ प्रतिस्पर्धीले सहभागिता जनाए तर अवस्था त्यस्तै देखिएको छ। यद्यपी सिजन एकमा सुदूरपश्चिमको उपस्थीती उत्कृष्ट ९ मा पुगेर विराम लागेकोमा सिजन २ मा भने उत्कृष्ट ५ सम्म सुदूरपश्चिमबाट गएका प्रतिस्पर्धीको यात्रा जारी छ। 

नेपाल आइडलको उत्कृष्ट ५ को सुचीमा सुदूरपश्चिमबाट एकजना प्रतिस्पर्धी मात्रै पुग्न सफल भएका छन, कञ्चनपुरका रवि ओड। अडिसनदेखि नै अब्बल प्रस्तुती दिईरहेका रविले नेपाल आइडल सिजन २ को उत्तरार्धमा पुग्दा सांगीतिक क्षेत्रमा आफ्नो तेजिलो चमक देखाईसकेका छन्। 
अडिसनमा ’अव जाउला रेलैमा माया तिम्रो साथैमा’ बोलका गीत गाउँदै रवि वडको नेपाल आइडलको यात्रा सुरु भएको थियो। उनको गायकीलाई मन पराउँदै तीनै जना निर्णायकले रविलाई धनगढीदेखि काठमाडौँ सम्मको यात्रा तय गराउने निर्णय लिए। त्यसपछि नेपाल आइडलको उत्कृष्ट ५ सम्मको यात्रा तय गर्दा रविको प्रस्तुतीले निर्णायक मात्रै होईन धेरै श्रोता दर्शकको मन जितिसकेको छ। 

सुदूरपश्चिम प्रदेशका एक्ला प्रतिस्पर्धी रविको अब्बल चमकले उनलाई नेपाली संगीतमा स्थापित हुने अवस्था वलियो बनाउँदै गएको छ। उनले अहिले सम्मको यात्रामा दुई पटक सर्वाधिक भोट पाएका छन्। तर अहिले सम्म उनी खतराको सुचिमा भने परेका छैनन्। जस्ले गर्दा रविको आइडलको यात्रा अझै धेरै लामो हुन सक्ने अनुमान लगाउन सकिन्छ। यद्यपी एक पटक मात्रै खतराको सुचिमा परेका प्रतिस्पर्धी पनि आइडलबाट बाहिरिएका उदाहरण भएकाले रविको यात्रा शत प्रतिशत सुुरक्षित छ भन्न सकिदैन्। अन्य चार प्रतिस्पर्धीहरु बिक्रम बराल, अमित बराल, अस्मिता अधिकारी र सुमित पाठकको पनि आइडल बन्ने सम्भावना उत्तिकै छ। ५ जनाले नै नेपाल आइडलको दोश्रो सस्करण जित्ने दख्खल राखेका छन्। 

रविलाई भने सिङगो सुदूरपश्चिमवासीको मात्रै होईन धेरै अन्य क्षेत्रका नेपालीहरुको पनि साथ मिलेको छ। रवि ओडलाई जिताउन विभिन्न क्षेत्रमा रवि ओड जिताउ अभियान नै  चलाइएका छन्। कैलाली, कञ्चनपुरमा यो अभियानलाई झनै तिव्रता दिईएको छ। धनगढीमा ठाउँ–ठाउँमा उनलाई भोट दिएर जिताउन आग्रह गर्दै होर्डिङ बोर्ड टाँसिएका छन्। रवि अहिले नेपाल आइडलको दोश्रो सस्करणमा उत्कृष्ट ५ को सुचिमा परेपछि आइडलको विजेता बन्नका लागि उनी धेरैको रोजाईको पात्र बन्न सफल भएका छन्। उत्कृष्ट ४ छनौट गर्नका लागि भोली ५ जनाले नै प्रस्तुती राख्नेछन्। त्यस्मा रविले आफ्नो गायकीलाई कसरी प्रस्तुत गर्छन ? धेरैका लागि प्रतिक्षाको विषय बनेको छ। 
 

कमेन्ट लोड गर्नुस