सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब त्यो आवाज एकादेशको कहानी भयो (कविता)

२०७८ भदौ १९, १२:२०

जिन्दगी छोटो नै हुन्छ तर हजुरको अलि धेरै नै छोटो भयो 
सबै कुरा पछाडि नै छोडि क्यान्सरको नै जित भयो

पीडा सबैलाई हुन्छ हजुर त झन मृत्युसित लडिरहेकी मान्छे  
तैपनि मुसुक्क हास्ने त्यो मुस्कान अहिले हाम्रो लागि मात्र याद भयो

जिन्दगीमा हार मान्नु हुँदैन धेरै कुरा सिक्नुपर्छ आत्तिनु हुँदैन सबै ठिक हुन्छ भन्नु हुन्थ्यो
त्यो त हामीलाई जिन्दगी भरीको सुन्दर छाप भयो

कति  हतार के तिमीहरुलाई एकचोटी बसेर जाउ भन्नुहुन्थ्यो
अब त्यो आवाज एकादेशको कहानी भयो

यता सबैको धेरै माया पाउनु भएको थियो माथि पनि पाउनुहुनेछ
हजुरसित बिताएका त्यो समय अविस्मरणीय हुनेछ

यो जन्ममा धेरै अधुरो आयु दिएर पठायो 
अर्को जन्ममा पूरा आयु दिएर पठाउ है भगवान

आज त हजुरकी छोरी धेरै मानिसहरुलाई देखेर खेल्दै थिई
त्यो सानी छोरी भोलि ठुली भएर भन्ली जुन बेला मेरो घरमा धेरै मान्छे आउनु भएको थियो त्यो बेला मेरो मामुले संसार छाडनु भएको थियो

-कश्मीर साउँद

कमेन्ट लोड गर्नुस