सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेटन पाएनौ भने तिमी (कविता)

२०७८ साउन ३०, ११:०६ खबर संवाददाता

भेटन पाएनौ भने तिमी मन दुखाएर बसौली
सधैजसो डिउटी हतार मलाई घरमा तिमी एक्लै रोउली

जागिर र डिउटीको चटारोले तिम्रो समिप हुन नपाउँदा
मुटु दुखीरह्यो सधै दिल खोलेर बोल्न नपाउँदा

ब्रत बसि मेरो लागि भगवानको पुजा गरौली
मलाइ फुर्सद नहुने सधै मेरो आउने बाटो कुरी बसौली

म सोच्छु सधैजसो तिम्रो साथमा जिउन
लागेको छ आज मलाई मनको कुरा भन्न

-गोबिन्द ओझा, दिपायल सिलगढी नगरपालिका–२ दिपायल डोटी        

कमेन्ट लोड गर्नुस