गायीकाको तुईन यात्रा
जन्मथलो दार्चुला नै भएपनि अहिलेकी चर्चित लोक डेउडा गायीका पुष्पा बोहराले तुईनको यात्रा भने कहिल्यै गर्न परेन्। उनले कार्तिक २० गते दार्चुलाको सुन्सेरामा एउटा सास्कृतीक कार्यक्रमका लागि जानुपर्ने भयो। दार्चुला सदरमुकामबाट सुन्सेरा पुग्नका लागि महाकाली नदी पार गर्नुपर्ने हुन्छ। महाकाली नदी वारपार गर्नका लागि एउटा मात्रै साधन छ, तुईन। पहिलो पटक तुईनको यात्रा गर्दा गायीका बोहरलाई निकै डर लागेको थियो। तर दार्चुलाका बासिन्दाले त्यहि तुईनको सहारामा आवातजावत गर्नुपर्ने बाध्यता रहेको छ।
तुईनलाई झोलुङगे पुल मार्फत विस्थापित गर्ने सरकारको निति असफल हुँदा अहिले पनि तुईनकै भरमा खोला र नदी तर्नुपर्ने अवस्था रहेको हो। २०७२ साल असोज २५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पहिलो बैठकले दुई वर्षभित्र देशभरका तुईन विस्थापित गर्ने निर्णय गरेको भए पनि त्यो अहिलेसम्म सफल भएको छैन्।
त्यसको सिको गर्दै प्रदेश सरकारले पनि प्रदेश ७ लाई तुईनमुक्त वनाउने योजना वजेट मार्फत ल्याएको छ। दार्चुलाका करिब ५ हजार ३ सय जनसंख्याले महाकालीको तुइन प्रयोग गर्दै आएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) अन्तर्गत् झोलुंगे पुल योजनाको तथ्यांकले देखाउँछ।