सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजीनामा दिएपछि भीम रावलले भावुक हुँदै भने- अनैतिक राजनीतिक खेलबाट दिक्क भए

२०७८ साउन ३, ०४:५४ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभन्दा केही घण्टा अघिमात्रै उनले सांसद पदबाट राजीनामा दिएका हुन्। उनले आफू अनैतिक राजनीतिक खेलबाट दिक्क भएको पनि टिप्पणी गरेका छन्। राजीनामा दिँदै गर्दा रावल भावुक बनेका थिए। उनले आँशु नै झारेका थिए।

सांसद पदबाट राजीनामा दिएपछि पत्रकारहरुले ‘के अब तपाईँ राजनीतिबाट सन्यास लिनुहुन्छ ?’ भनेर सोध्दा उनले यसबारेमा पछि सोचेर भन्ने जवाफ दिए। प्रधानमन्त्री देउवालाई माधव नेपाल पक्षधर सांसदहरुले विश्वासको मत दिने भएका छन् ।

तर, एमालेले विश्वासको मत नदिने निर्णय गरेको छ। रावलले पछिल्लो समय पार्टी एकताको लागि कार्यदलमा रहेर काम गरेका थिए। उक्त कार्यदलले १० बुँदे सहमतिको प्रस्तावसमेत अघि ल्याएको थियो। तर, नेता नेपालले उक्त प्रस्तावमा आफ्नो असहमति रहेको भन्दै अब एमालेमा नफर्कने संकेत गरेका छन्।

कमेन्ट लोड गर्नुस