सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग

२०७८ असार १४, ०५:५१ रासस

बझाङ: जिल्लाका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने तथा कोरोना न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य संस्थामा आवश्यक उपकरण तथा सामग्री सहयोग गरिएको छ। 

युएमएनअन्र्तगत थलारा गाउँपालिका, केदारस्युँ, वित्थडचिर, थलारा, मष्टा गाउँपालिका र बुङ्गल नगरपालिका, जिल्ला अस्पताल सिमखेत र सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामग्री वितरण गरिएको छ। 

वितरण गरिएका स्वास्थ्य सामग्रीमा अक्सिजन, पिपिई सेट, पल्सअक्समिटर, नन्नरिबेथ्रमाक्स, अस्पतालका लागि फोल्डिङ बेड, डसना र घरमा आइसोलेसनमा बस्दा आवश्यक पर्ने सामग्रीलगायत रहेको युएमएनका बझाङ टिमलिडर ज्योति चपाइँले बताइन्। 

ती सामग्रीको मूल्य १६ लाख ४९ हजार रहेको जनाइएको छ। सो अवसरमा जिल्ला अस्पतालका प्रमुख सन्दीप ओखेडाले कोरोना रोकथामका लागि ती सामग्रीले थप सहयोग पुग्ने बताए। प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले युएमएनलगायत साझेदारी संस्थाबाट प्राप्त स्वास्थ्य सामग्रीले स्वास्थ्य तथा सुरक्षाकर्मीलाई सेवा पुगेको बताए।  

कमेन्ट लोड गर्नुस