बझाङको बित्थडचिर गाउँपालिकाले ल्यायो ५० करोडको बजेट
बझाङ: बझाङको बित्थडचिर गाउँपालिकाले ५० करोड बराबरको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिका उपाध्यक्ष जानकी बोहराले बुधबार पाचौं गाउँसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५० करोड, १९ लाख १३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन्।
गत वर्षको भन्दा गाउँपालिकाको बजेट करीब ३ करोडले बढी छ। गत वर्ष गाउँपालिकाले ४७ करोड ५१ लाख ८५ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो।
जसअन्र्तगत चालुतर्फ २५ करोड ६ लाख ९१ हजार र पुँजीगत तर्फ १४ करोड ४७ लाख २२ हजार विनियोजन गरेको छ। यस्तै सामाजिक सुरक्षा भत्ता र विभिन्न गैर सरकारी संस्थाहरुको बजेट ५० करोड १९ लाख १३ हजार बराबरको बजेट ल्याएको हो।
गाउँपालिकाले कृषि तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ। कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै महामारी नियन्त्रण तथा जोखिम नियन्त्रणका लागि गाउँपालिकाले प्रमुख प्राथमिकता दिएको छ। यस्तै शिक्षा, खेलकुद, भौतिक निर्माण तथा स्वरोजगार विकासमा गाउँपालिकाले जोड दिएको छ।
साथै गाउँसभामा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पेश गरेकी थिइन।