सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा निषेधाज्ञाको अवधिमा १५ जना विरुद्ध वन मुद्दा, को–को पक्राउ परे ?

२०७८ असार ४, ०७:०३ खबर संवाददाता

धनगढीः कैलाली जारी गरिएको निषेधाज्ञाका मौकी छोपी काठ कटानी तथा चोरी तस्करी गर्ने १५ जना विरुद्ध वन तथा वन्यजन्तु सम्बन्धी मुद्दा दायर गरिएको छ।

डिभिजन वन कार्यालय कैलालीले जेठ १६ गतेदेखि जेठ ३१ गतेको अवधिमा १५ जना विरुद्ध वन तथा वन्यजन्तुसँग सम्बन्धित मुद्दा चलाइ आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ।।
डिभिजन वन कार्यालय कैलालीका अनुसार बैशाख २८ गते इलाका प्रहरी कार्यालय फल्टुडेले जिल्लाको गोदावरी नगरपालिका २ तेघरीका  बालकृष्ण कंडेल, चुरे गाउँपालिका १ का ओमप्रकाश कंडेललाई पक्राउ गरेको थियो। से १ ख १५०२ नम्बरको ट्रकमा विभिन्न जातको ११२ थानको ५१ दशमलव ५८ क्वीफिट काठसहित पक्राउ परेका उनीहरु विरुद्ध वन मुद्दा चलाइएको हो।

बैशाख ३१ गते जिल्लाको गौरीगंगा नगरपालिका ९ का महेन्द्र देउवा, वडा नं. ७ का नरबहादुर बम, रमित चौधरी र घोडाघोडी नगरपालिका १० का नरेश चौधरीलाई पक्राउ गरिएको थियो। उनीहरुलाई सबडिभिजन वन कार्यालय मसुरिया अन्तरगतको राष्ट्रिय वन क्षेत्रमा अनुगमनको क्रममा सालको गोलिया ९१० क्वीफिटसहित पक्राउ गरिएको थियो। उनी विरुद्ध पनि वन मुद्दा चलाइएको डिभिजन वन कार्यालय कैलालीका निमिक्त प्रमुख पूर्ण शंकर यादवले बताए।
जेठ १४ गते धनगढी उपमहानगरपालिकास्थित जाली सामुदायिक वनका अध्यक्ष खुशीराम चौधरीलाई पक्राउ गरिएको थियो। उनीलाई वन अतिक्रमण गरेको भन्दै पक्राउ गरिएको छ।

 

जेठ २२ गते ६ थान सालको गोलियासहित धनगढी उपमहानगरपालिकाव १५ का भिखु राना, प्रकाश रानालाई पनि पक्राउ गरिएको छ।

त्यस्तै, जेठ २६ गते सालको चिरान गरिएको ६ थान काठसहित गोदावरी नगरपालिका ७ लालपुरका भोज बहादुर साउँदलाई पक्राउ गरिएको थियो। उनलाई पनि वनसँग सम्बन्धित मुद्दा चलाइएको हो।

सबडिभिजन वन कार्यालय फू्रलवारी अन्तरगत भरताल साझेदारी वनमा रुख काटेको आरोपमा जेठ २८ गते धनगढी उपमहानगरपालिका १४ का आयुष भण्डारी, उत्तम पुन, धनगढी उपमहानगरपालिका १५ का बलबुद्ध राना र आरपी काष्ठ फर्निचर उद्योगका सञ्चालन रामबहादुर चौधरीलाई पक्राउ गरिएको हो। उनीहरुलावई ९९ इन्च गोलाइ भएको काठ कटान गरी फर्निचर उद्योगमा बेच्ने क्रममा पक्राउ गरिएको जनाइएको छ।

त्यस्तै, जेठ ३० गते जिल्लाको कैलारी गाउँपालिका ६ बेनौलीस्थित वनदेवी फर्निचर उद्योगमा रातिको समयमा रा १ त २५४ नम्बरको टे«क्टरमा लोड गरिएको साल जातको तयारी ढोका, झ्यालका पल्ला १२६ र चिरान गरिएको ३५४ थान सालको काठसहित ट्रेक्टर चालक कैलारी गाउँपालिका ४ का विष्णु चौधरीलाई पक्राउ गरिएको हो।

जेठ २६ गते जिल्लाको गोदावरी नगरापालिका ५ गेटाकास्थित गेटा सामुदायिक वनमा बझाङको चिरबित्थड गाउँपालिका ५ देउलेखका अमर सिंह धामीलाई दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित पक्राउ गरिएको थियो। उनलाई प्रहरीले आवश्यक कारवाहीको लागि वन कार्यालय पेश गरेको हो। घटनाबारे अनुसन्धान तहकीकात कार्य भइरहेको डिभिजन वन कार्यालय कैलालीका निमिक्त प्रमुख यादवले बताए।

कैलालीमा निषेधाज्ञाको अवधिमा वन तथा वन्यजन्तुको चोरी तस्कारी मौलाएको छ। 

सम्बन्धित समाचार
कैलालीमा वनकर्मचारीकै मिलमतोमा नयाँ काठमा पुराना छपान नम्बर राखेर काठ कटानी

कमेन्ट लोड गर्नुस