करेन्ट लागेर बझाङका एक पुरुषको मृत्यु
२०७८ जेठ १७, १०:५७
धनगढी: बझाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आइतबार जिल्लाको बित्थडचिर गाउँपालिका १ का २७ वर्षीय भरत बोहराको करेन्ट लागेर मृत्यु भएको हो।
उनलाई जयपृथ्वी नगरपालिकाको वडा नम्बर ९ स्थित देवलमा निर्माण भइरहेको बालआश्रममा काम गरिरहेका बेला करेन्ट लागेको जनाइएको छ।
बोहराको जिल्ला अस्पताल सिमखेतमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस