सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आत्मरक्षाको शिविर सम्पन्न

२०७५ असोज २६, ०२:५८ रोशन भट्ट

महिला हिंसा र बलात्कारका घटना दिन प्रति दिन बढ्दै जान थालेपछि महिलाहरुका लागि धनगढीमा सञ्चालन गरिएको आत्मरक्षा शिविर सम्पन्न भएको छ। ७ दिन सम्म चलेको शिविरका सहभागीहरुले शिविरबाट प्रतिकार गर्न सक्ने क्षमता बढेको बताएका छन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र राष्ट्रिय गोजुरियो कराते दो संघको संयुक्त आयोजनामा सुरु भएको आत्मरक्षा शिविरले महिला हिसां न्यूनीकरणमा टेवा पुगाउने विश्वास पनि गरिएको छ।

७ दिन सम्म चलेको शिविरमा १७ सय भन्दा बढी महिला तथा  बालिकाहरुको सहभागीता रहेको थियो। सुदुरपश्चिम प्रदेशबाट सुरु गरिएको आत्मरक्षा शिविर देश भरिनै सञ्चालन गरिने आयोजकले दावी गरेको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस