सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणका कारण अछामका एक जनाको मृत्यु

२०७८ वैशाख १६, ०३:३७ खबर संवाददाता

धनगढी: कोरोना भाइरसको संक्रमणका कारण अछामका एक वृद्धको मृत्यु भएको छ।

जिल्लाको बान्नीगढी जयगढी गाउँपालिका–५ कालिका बाहुन गाउँका ७७ वर्षीय लोगराज ढुङ्गाना(उपाध्याय) को कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

हाल टिकापुरमा रहँदै आएका ढुंगानाको बिहीबार नेपालगंजबाटबाट अछाम ल्याउँदै गर्दा बर्दियामा मृत्यु भएको छोरा नारायण ढुङ्गानाले बताए। 

मृतकको आज कैलालीस्थित टिकापुरमा अन्तिम दाहसंस्कार गर्ने तयारी भइरहेको परिवारिक स्रोतले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस