फिजीमा आमनिर्वाचनको तयारी
२०७५ असोज २३, ०३:०६
फिजीमा अगामी नोभेम्बर १४ मा हुने आमनिर्वाचनका लागि ६ लाख ३७ हजार ५२७ नागरिकले मतदाता नामावली सूचीमा नाम दर्ता गरेका छन। फिजीको निर्वाचनका पर्यवेक्षक मोहमद सनिमले सोमबार मतदाता नामावलीमा ३ लाख १६ हजार ४३१ महिला र ३ लाख २१ हजार ९६ जना पुरुषले मतदाताका रुपमा दर्ता गरेका बताए। त्यसैगरी विदेशमा रहेका ७ हजार ९७० फिजीका नागरिकले पनि आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएको बताईएको छ।
कमेन्ट लोड गर्नुस