सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट एकैदिन १४ जना फरार दोषी पक्राउ

२०८१ वैशाख २४, ०८:१५ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट एकैदिन १४ जना फरार दोषी पक्राउ परेका छन्।

कैलालीबाट चेक अनादर मुद्दामा दोषी ठहर गौरीगंगा नगरपालिका–७ की ४२ वर्षीया सुस्मादेवी, वन मुद्दामा दोषी ठहर गोदावरी नगरपालिका–४ का ४२ वर्षीय प्रेम सिंह, सोही मुद्दामा गोदावरी नगरपालिका–४ का ६७ वर्षीय धोजराज भट्टराई, चोरी मुद्दामा १ लाख ७० हजार जरीवाना तोकिएका धनगढी उपमहानगरपालिका–६ का २८ वर्षीय रामभजन राना पक्राउ परेका हुन्।

यस्तै गाली बेईज्जत मुद्दामा दोषी ठहर धनगढी उपमहानगरपालिका–६ का ६८ वर्षीय रामबहादुर बोगटी, चेक अनादर मुद्दामा गोदावरी नगरपालिका–९ का ३४ वर्षीय दिर्घ पार्की र चेक अनादर मुद्दामा टीकापुर नगरपालिका–१ का ५२ वर्षीय तपेन्द्रबहादुर शाह पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीले विभिन्न मितिमा जरिबाना तथा दोषी ठहर गरेका तर फरार भएका सातै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। अदालतबाट दोषी ठहर भएर फरार भएकाहरुलाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।

त्यस्तै कञ्चनपुर प्रहरीले पनि ७ जना फरार दोषीलाई पक्राउ गरेको छ। जग्गा अतिक्रमण मुद्दामा दोषी ठहर बेदकोट नगरपालिका–७ की ५० वर्षीया हिरा भट्ट, वन मुद्दामा दोषी ठहर पुनर्वास नगरपालिका–११ का ६९ वर्षीय चित्रबहादुर थापा पक्राउ परेका छन्।
त्यस्तै वन मुद्दामा दोषी ठहर पुनर्वास नगरपालिका–११ का ७३ वर्षीय जगतराम चौधरी, जालसाची मुद्दामा कृष्णपुर नगरपालिका–७ की ४५ वर्षीया प्रेमवती राना, कुटपिट मुद्दामा भीमदत्त नगरपालिका–७ हल्दुखालकी ४० वर्षीया चन्द्रादेवी धामी, २५ वर्षीय मोहन र ३५ वर्षीया भुरीदेवी धामी पक्राउ परेका छन्।

अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार भएका सातै जनालाई आइतबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए। कैलाली र कञ्चनपुरमा पक्राउ परेका १४ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ।

कमेन्ट लोड गर्नुस