सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

२०८१ वैशाख २४, ०७:१९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-९ बस्ने ६० वर्षीया राजुदेवी बोहराको आफ्नै घर नजिकै रहेको गुल्लरको रूखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो।

रुखबाट लडेर गम्भिर घाईते भएकि उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याउँदा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।  

कमेन्ट लोड गर्नुस