बाजुरामा भरुवा बन्दुक र बँदेलको मासुसहित दुई जना पक्राउ
धनगढी: बाजुरामा भरुवा बन्दुक र जंगली बँदेलको मासुसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको खप्तड छेडेदह गाउँपालिका ३ गुदुखातीबाट सोही वडाका ४५ वर्षीय मने बहादुर धामी र ४३ वर्षीय मन बहादुर धामी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरीका अनुसार उनीहरुलाई जंगली बँदेलको मासु र ४ नाल घरेलु भरुवा बन्दुकसहित पक्राउ गरिएको हो। मनेको घरमा बँदेलको मासु फेला परेको र मन बहादुरको घरमा बँदेलेको मासुसहित १ नाल भरुवा बन्दुक पनि फेला पारेको प्रहरीले जानकारी दिएको छ।
बँदेलको मासु जिल्ला वन डिभिजन कार्यालय बाजुरा बुझाइएको र बाँकी तीन नाल बन्दुक कसको हो भन्ने नखुलेकाले त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।