६ लेन सडकको निर्माण निर्धारित समयमै सम्पन्न नहुने
व्यापार घाटा बढ्ने भएकाेले सडक निर्माणमा तिव्रता दिन आग्रह
मोहनापुल –अत्तरीया ६ लेन सडकको निर्माणमा भईरहेको ढिलाईले प्रदेशको मुख्य व्यापारीक केन्द्र धनगढीको व्यापार व्यवसाय चौपट बनाउनका साथै वरपरका वासिन्दालाई आवतजावतमा पनि थप सास्ती खेप्नु परेको हो । मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाको १४ दशमलव २ किलोमिटर क्षेत्रका व्यापारीहरुको एक बर्षदेखि नै व्यापार व्यवसाय सुस्ताएको छ । उनीहरुले अवको एक बर्षपछि सडक निर्माण भए व्यापार व्यवसाय फष्टाउला भन्ने आशा राखेका थिए तर निर्धारित समयमा कालोपत्रे अगाडीका काम पनि नसकिने भएपछि निराशा बढाएको धनगढी चौराहका व्यापारी जितेन्द्र पुरीले बताए ।
६ लेन सडको दुवैतर्फ अहिलेको सडक भन्दा झण्डै १ मिटर उचाईका नाली निर्माण गरिएको छ । जस्ले गर्दा सवारी पार्किङ, लोड–अनलोड लगायतमा मात्रै सास्ती भएको छैन कि पसल सम्म आउ जाउ गर्नका लागि बाटो पनि छैन् । सामान खरिदका लागि आउने ग्राहकहरुले पसलहरुलाई पहिचान समेत गर्न सक्दैनन् । धनगढी क्षेत्रका व्यापारीहरु घर भाडामा लिएर व्यापार गरीरहेकाले उनीहरुलाई मासिक भाडा संकलनमा समेत समस्या भएको छ । सवै स्थानमा एकै पटक सुरु गरिएको नाली निर्माणको कार्य अझै सकिएको छैन । ६ लेन सडकमा निर्माण गरिएको नाली र निकासको व्यवस्था समेत नहुँदा वरपरका वासिन्दा र व्यापारीहरुको आवागमन निकै कठिन छ । सडक निर्माण दुई बर्ष भित्र निर्माण पुरा होला र व्यापार व्यवसाय पहिलेको अवस्थामा फर्केला भन्ने आशा गरेका व्यापारीहरु चिन्तित बनेको धनगढी चटकपुरका व्यापारी शिव पोख्रेलले बताए ।
व्यापारीहरुले पसल सम्म सामान ल्याउन सकेका छैनन भने पसलमा भएका समान समेत ग्राहकलाई बेच्न सकेका छैनन् । उनीहरुले यो समस्या २ बर्षसम्म मात्रै होला भन्ने आशा गरेका थिए । तर आयोजना कार्यालयले योजना कार्यान्वयनको १५ महिना सम्म पनि सडकको क्षेत्राधिकारसम्म खाली गर्न नसकेपछि एकातिर सडक निर्माण समयमै नसकिने भएको छ भने अर्कोतिर वरपरको व्यापार व्यवसाय चौपट हुने अवधि पनि बढेको छ । ६ लेन सडकसंग जोडिएका अन्य आधिकारी शाखा सडकमा आयोजनाको स्ल्याप निर्माण गर्ने योजना छ । तर कुनै पनि स्थानमा स्ल्याप निर्माण भएको छैन भने धेरै स्थानमा नाली निर्माण गर्दा निकास नै बन्द भएको छ । जस्ले गर्दा ६ लेन सडकको वरिपरि रहेका वासिन्दालाई पनि समस्या भएको धनगढीका रमेश ओझाले बताए ।
सडक क्षेत्रमा रहेका पाइप स्तानान्तरणको विषयमा ओझेलमा छ । सडक क्षेत्रमा खानेपानीको पाईपले ठुलो समस्या ल्याएको छ तर समाधान अझै भएको छैन । अत्तरीयामा सडक क्षेत्रमै पर्ने विद्युतको मुख्य टावर सार्नका लागि पनि आयोजना कार्यालयले विद्युत प्राधिकरणलाई पत्र पठाएको रेडिमेट जवाफ दिदै आएको छ । सडक क्षेत्रमा धेरै समस्या रहेको र निर्माण कम्पनीको काम गराईको अवस्था हेर्दा व्यापारी र स्थानीय हैरान भएका छन । सडक निर्माणको चरणमा रहेकाले ढुवानीका यातायात आउन पाएका छैनन् । यता मोहनापुल अत्तरीया सडक आयोजनाका ईन्जिनियर भुपेन्द्र बडालले व्यापारीका कारण काममा समेत बाधा भएको बताए ।
मोहनापुल अत्तरीया सडक निर्माणको ९ महिना बाँकी रहेका बेला अब निर्माण पुरा नहुने देखीयसंगै आयोजना कार्यालय निर्माण कम्पनीलाई सयम अवधि थप्ने मनसायमा पुगिसकेको छ । निर्माण कम्पनीहरुलाई म्याद थप्ने आसय आएसंगै व्यापारीहरुको व्यापार घाटा समेत थपिने निश्चित छ । निर्माणाधीन मोहनापुल–अत्तरीया ६ लेन सडक निर्माण समय अवधि भित्र नसकिने भएपछि वरपरक वासीन्दा र व्यापारी थप मारमा पार्ने भएका छन् । सडक निर्माण भइरहेकाले व्यापार चौपट भएको अवस्थामा झनै सडक समय अवधि भित्र नसकीने भन्दै उनिहरुमा चिन्ता बढेको हो । सडक निर्माणको अवधि लम्विने भएपछि व्यापार व्यवसाय पनि थप समय सम्म चौपट हुने भएको हो । व्यापार व्यवसाय मात्र होईन वरपरका वासिन्दालाई आफ्नै घरमा आवतजावत गर्न पनि निकै सकस छ । दुई बर्षमा निर्माण पुरा गर्ने गरी मोहनापुल अत्तरीया सडक आयोजना र निर्माण कम्पनीहरु बिच सम्झौता भएको थियो । सम्झौताको समय सम्म कालोपत्रे अगाडीको ७० देखी ८० प्रतिशतको हाराहारीमा मात्र काम पुरा हुने आयोजनाले जनाएको छ ।