सुदूर नेपाललाई विश्वसँग जोड्दै

१८ बर्ष पुरानो उग्रतारा कम्प्युटर प्लाजामा परिणत

२०७५ असोज ६, ०७:१९

बिगत १८ बर्षदेखी कम्प्युटर तथा इलेक्ट्रोनिक्सको व्यावसाय गर्दै आएको उग्रतारा कम्प्युटरले थप १ करोडको लागतमा मेलान्च स्टोर सञ्चालनमा ल्याएको छ। स्टोर खुलेसंगै अब उग्रतारा कम्प्युटरबाट उग्रतारा प्लाजा भएको छ। मेलान्च स्टोरको चर्चित हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। यस क्षेत्रका ग्राहकहरुको माग अनुसार उग्रतारा कम्प्युटरले महिला, पुरुषका लुगाकपडाको स्टोर खोलेको हो। 


१८ बर्ष अगाडी सामान्य कम्प्युटर पसल सञ्चालन गरेर व्यावसाय सुरु गरेको र हाल व्यावसायलाई थप्ने क्रम जारी राखेको उग्रतारा प्लाजाका सञ्चालक टेकराज पनेरुले बताए। प्रत्येक लुगा विक्रीमा ५÷५ रुपैयाँका धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने उनले बताए।
कमेन्ट लोड गर्नुस