सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा शिक्षक मृत फेला प्रकरणः आफन्तद्वारा अनुन्धानको माग गर्दै शव बुझ्न अस्वीकार

२०७७ फाल्गुन २२, ०२:१६ खबर संवाददाता

धनगढीः  बिहिबार डोटीमा मृत अवस्थामा फेला परेका शिक्षकका आफन्तले पूर्ण अनुसन्धानपछि मात्रै शव बुझ्ने अडान राखेका छन्। 

डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डको करिब ५ मिटर तल बैतडीको पाटन नगरपालिका–१ सकार पलेटा निवासी अन्दाजी २७ वर्षीय शिक्षक डम्बर भट्टराइको शव फेला परेको थियो। उनको हत्या भएको आशंका गर्दै आफन्तले पोष्टमार्टम रिपोर्ट नआउँदासम्म शव नबुझ्ने बताएका छन्। 

शव पोष्टमार्टमपछि डडेल्धुरा अस्पतालमा राखिएको छ। मृतक डम्बरका दाई उधव भटराइका अनुसार प्रहरीले जबरजस्ती शव बुझ्न आग्रह गरिरहेको छ। तर घटनाको पूर्ण अनुसन्धान नभएसम्म शव बुझ्ने उनले बताए। 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लले मृतकको शरिरमा कुनै बाहिरी चोटपटक नदेखिएकाले घटनाबारे पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने बताए। उनले पोष्टर्माटमका लागि २ दिन कुर्नुपर्ने बताएका छन्। 

अहिले शव बुझ्न आग्रह गर्दै आफन्तसँग जिल्ला प्रशासन कार्याल डडेल्धुरामा छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए। 

मृतक शिक्षक डम्बर भट्ट विगत १० वर्षदेखि शिक्षण पेशामा आवद्ध थिए। उनी भूमीराज केदार आधारभुत विद्यालय बस्यानी डोटीमा अध्यापन गराउँदै आएका थिए।  

सम्बन्धित समाचार :
डोटीमा शिक्षक मृत भेटिए, हत्याको आशंका

 

कमेन्ट लोड गर्नुस