सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका २ जना लागूऔषधसहित पक्राउ

२०८३ मंसिर ३, ०७:१८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका २ जना लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१० कटानबाट अवैध लागूऔषध ब्राउन सुगर ५ ग्राम ९ मिलिग्रामसहित सोही उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीय मोहन सुनवार र १५ वर्षीय किशोर पक्राउ परेका हुन्।

दुबै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार राति उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस