सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान नियन्त्रणमा

२०८३ मंसिर ३, ०७:२२ खबर संवाददाता

धनगढीः कैलालीबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।

जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ७१ हजार ९७० बराबरको सामान बरामद गरिएको छ। भन्सार छलीको चिनी, विस्कुट, सुर्ति, बच्चाको कपडा, माछा लगायतका सामान सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस