सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा शिक्षक मृत भेटिए, हत्याको आशंका

२०७७ फाल्गुन २०, १२:२३ खबर संवाददाता

धनगढीः डोटीमा शिक्षक मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डको करिब ५ मिटर तल सोही ठाउँका अन्दाजी २७ वर्षीय शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लले दिनेशखबरलाई स्थानीय भूमिराज केदार आधारभुत विद्यालयका शिक्षक भट्टराई मृत अवस्थामा फेला परेको बताए। 

घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताउँदै प्रहरी नायब उपरीक्षक मल्लले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीको नेतृत्वमा छुट्टै टोली परिचालन गरिएको जानकारी दिनेशखबरलाई दिए। 

मृतक शिक्षकका भाइ कृष्णप्रसाद भट्टराईले दाजुको हत्या गरिएको हुनसक्ने आशंका रहेकाले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए।

उनकाअनुसार घटनास्थलको प्रकृति हेर्दा लडेर मृत्यु भएको हुनसक्ने सम्भावना कम देखिन्छ। 
 

कमेन्ट लोड गर्नुस