सुदूर नेपाललाई विश्वसँग जोड्दै

यार्सागुम्बा मिलाईएको कफी खान पाईने

२०७५ असोज ३, ०६:५८

वहुमुल्य जडीबुटी यार्सागुम्बा मिलाईएको कफी खान पाईने भएको छ। प्रदेश सातका पहाडी जिल्लामा समेत पाईने यार्सागुम्बा मिलाईएको कफी खाने सुविधा काठमाडौं मलमा सुरु भएको हो । यो सुविधा चाडै नै धनगढीमा विस्तार  गरिने भएको छ । 
वझाङ  घर भएका सत्यसागर थापा र विशला चौलागाईको लगानीमा काठमाडौंको काठमाडौं मलमा नयाँ स्वाद सहितको कफी खान पाईने भएको हो । यार्सा मिसाईएको कफी त्यसको मात्रा अनुसार २ सयदेखि एक  हजारभन्दा वढी रकममा खान पाईने सञ्चालक सत्यसागर थापाले बताए । 

यार्सा विथ कफीको सेवा विश्वमै नयाँ  हो, अहिलेसम्म यस्तो कफी कही पनि पाईदैन् यसको काम हामीले नेपालवाट गरेका हौं थापाले भने– ग्राहकहरुलाई नयाँ र फरक स्वाद पस्किने हाम्रो प्रयास हो । यो सेवा हामी जतिसक्दा चाँडो धनगढीमा पनि विस्तार गर्नेछौं । 
यार्सा जाभा प्रालिमा यार्सा कफी सहित आफ्नै तस्वीर खिचिएको कफी समेत खान पाईने छ । वजारमा चलनचल्तीकै मुल्यमा कफीमा आफ्नो फोटो खिचेर खान  सकिनेछ ।  

कमेन्ट लोड गर्नुस