सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नम्बर सातमै पहिलो पटक निर्माण तथा हार्डवेयर प्रदर्शनी हुदै‌ (कुराकानी सहित)

चार दिने प्रदर्शनीमा नेपाल भारत र चीनका वहुराष्ट्रिय कम्पनीले भाग लिने 

२०७५ असोज १, ११:४७

प्रदेश नम्वर ७ मै पहिलो पटक निर्माण तथा हार्डवेयर प्रदर्शनीको आयोजना गर्न थालिएको छ । कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा निर्माण सामाग्री प्रदर्शनी हुन लागेको हो । असोज २४, २५, २६ र २७ गते धनगढीमा प्रदर्शनी हुन लागेको हो । घर तथा भवन निर्माणका सवै सामाग्री एकै थलोमुनि राखेर प्रदर्शनी हुन लागेको हो ।

प्रदर्शनीमा नेपाल भारत र चीनका विभिन्न बहुराष्ट्रिय कम्पनीहरुका ७५ वटा स्टल रहने छन् । भवन निर्माणसँग सम्वन्धित सुचना र जानकारी दिनका लागि समेत पहिलो पटक भवन निर्माण सामाग्री प्रदर्शनी गर्न थालिएको छ । झण्डै साढे तीन साता वाँकी रहँदा त्यसको तयारी पनि तिव्र रुपमा भईरहेको छ । साप्ताहिक स्तम्भ सुन्दरपश्चिममा आज हामीले यसै विषयमा कैलाली हार्डवेयर व्यवसायी संघका  महासचिव कुवेर शाहीसँग कुराकानी गरेका छौं । 
कुराकानी सुन्नुहोस

कुराकानी हेर्नुहोस् । 
 

कमेन्ट लोड गर्नुस