महाकालीमा पुल निर्माणको एक वर्ष वित्दा पनि गति सुस्त (अडियो सहित)
बर्षातमा रोकिएको काम अझै सुरु हुन सकेन्
महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण थालेको एक वर्ष वितिसक्दा समेत सुस्त गतिमा काम भईरहेको छ । निर्माण अवधि दुई वर्ष वाँकी रहँदा पनि काम १३ प्रतिशतभन्दा वढी भएको छैन् । सुरुवातको पहिलो वर्षमा पुल निर्माण गर्ने मेसिन समयम नआउँदा र मुआव्जाको विवादले काम गर्न नसकिएको निर्माण कम्पनीको दावी छ ।
केही महिनादेखि वर्षातका कारण रोकिएको निर्माणको काम अझै सुरु हुन सकेको छैन् । पुल निर्माणको काम केही समयपछि सुरु हुने र सडकको काम भने असोज १ गते खोला नालामा ढुङगा वालुवा संकलन सुरु भएपछि काम अगाडी वढ्ने भएको छ । तीन अर्व २८ करोडको लागतमा निर्माण थालिएको पुलको निर्माण कार्य थालेको एक वर्ष वितिसक्दा समेत कामले गति लिन नसकेको हो । ३ अर्ब २७ करोड ९३ लाखको लागतमा ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएकोमा एक बर्षको अवधिमा १३ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । पुलको काम ४ प्रतिशत मात्रै भएको अवस्थामा सडक निर्माणका लागि मुआव्जा वितरणको काम भईरहेको महाकाली पुल आयोजनाले जनाएको छ । पुल निर्माण गर्ने मेसिन चीनवाट आउन भएको ढिलाई र मुआव्जा वितरणमा भएको विवादका कारण पहिलो वर्षको वर्षको प्रगति कम भएको अवस्थामा केही महिनादेखि रोकिएको निर्माणको काम सुरु नभएको महाकाली पुल अयोजनाका प्रमुख प्रदीप भण्डारीले जानकारी दिए ।
भौतिक प्रगति आशा गरे अनुसार निर्माण कम्पनी कुमार सिएफईसी जेभीले पनि काम गर्न सकेको छैन् । सुरुमा उपकरण अभावले काम हुन नसकेको अवस्थामा वर्षातमा रोकिएको काम अझै सुरु भएको छैन् । तर पुल निर्माणका लागि एउटा मेसिन पुगिसकेको र अर्को मेसिन पुग्ने अवस्थामा रहेकोले गति पाउने अपेक्षा गरिएको छ । सडक कालोपत्रेको काम नसकिएपनि कालोपत्रे वाहेकका सवै काम सिद्धाउने गरी काम गर्ने निर्माण कम्पनीका ईन्जिनियर किशोर पाण्डेयले जानकारी दिए ।
अहिलेको बनबसा पुलदेखि झण्डै ७ किलोमिटर दक्षिण र महाकालीको झोलुंगे पुलदेखि झण्डै ढाई किलोमिटर उत्तरमा पुल बन्ने छ । सडक निर्माणका लागि मुआव्जा वितरण गरिएको र त्यसको काम एक वर्षको अवधिसम्म कालोपत्रे सम्पन्न गराउने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षमा सडक निर्माणका लागि मुआव्जा दिएर त्यो कामसँगै चार लेन पुलको निर्माणको कामलाई पनि तिव्रता दिने पुल आयोजनाका प्रमुख भण्डारीको दावी छ ।
महाकालीमा चार लेनको पक्की पुलसँगै सडक खण्ड निर्माणको लागि अव दुई वर्षको समय वाँकी रहेको अवस्थामा समयमै पुल निर्माण गर्न नसकिने आशंका भईरहेको छ । तर पुल योजना कार्यालय र निर्माण कम्पनी भने उपकरण र जनशक्ती थपेर भएपनि कामलाई तिव्रता दिदै निर्धारित समयमै दावी गर्दै आएका छन् । अघिल्लो वर्षको भदौ १५ गते महाकालीमा बन्ने चार लेनको पुलको तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवाले सिलन्यास गरेका थिए। तर त्यस पछि पुल निर्माणको अवस्था वारे कुनै पनि नेता र जन प्रतिनिधिले चासो पनि देखाएका छैनन् ।
अडियाे सुन्नुहाेस्