सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ८० प्रतिशत विद्युतिकरण, बक्यौता नतिर्नेको लाइन काट्ने तयारी

२०७७ माघ १२, ०१:४६ खबर संवाददाता

हरिश चन्द, डडेल्धुरा : डडेल्धुरामा ८० प्रतिशत विद्युतिकरण भएको छ। ७ स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तहहरुमा विद्युत विस्तार भएको छ।

जिल्लाको आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा विद्युत विस्तार तुलनात्मक रुपममा काम अगाडी बढेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ। 

यस्तै  यस आर्थिक वर्षमा ७७ लाख ४१ हजार ६ सय भन्दा बढी बक्यौता  रकम देखिएपछि लामो समयदेखि महशुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी प्राधिकरणको रहेको छ।  

लामो समयदेखि ग्राहकले विद्युत महशुल नतिर्दा प्राधिकरणले ७७ लाख ४१ हजार ६ सय  बक्यौता असुल्न बाँकी रहेको छ। पटकपटक पत्राचार गर्दापनि नटेरेको र स्थानीय सरकारसँग समन्वय गरी लाइन काटने प्रक्रिया अगाडि बढेको विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख राम दिनेश राय यादवले बताए।

विद्युत महशुल लामो समयदेखि नबुझाउने ग्राहकहरुको लागत तयार गरिसके दलगत्तै लाइन काट्ने योजना बनाएको उनले बताए।  

त्यसैगरी यस आर्थिक वर्षमा थप बजेट आएकाले विधुतिकरण नभएका ठाँउमा यो वर्ष विद्युत विस्तार गर्ने योजना रहेको डडेल्धुरा वितरण केन्द्रले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस