बझाङमा ८७ वर्षीया वृद्धामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ
बझाङः बझाङमा ८७ वर्षीया वृद्धालाई जबरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन्। बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ५ ओसैल बस्ने ८७ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरि फरार रहेका सोही स्थान बस्ने २५ वर्षीय तारा कामीलाई जिल्ला प्रहरी कार्यलय बझाङले पक्राउ गरेको हो।
फरार युवकलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए। युवकविरूद्ध जबरजस्ती करणी कसूरअन्तर्गत मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको खड्काले बताए।
गत पुस २७ गते राति करिब १० बजे वृद्धा घरमा एक्लै रहेको मौका पारेर युवकले जबरजस्ती करणी गरेका थिए।