सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

२०८३ कार्तिक ४, १२:३१ रासस

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गरे ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत बिहान १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरे ।
आफूले टीका ग्रहण गरेपछि उहाँले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस