धनगढीकी महिलाको शव व्यवस्थापन
धनगढीः धनगढीकी महिलाको शव व्यवस्थापन गरिएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १ पशुपति टोलकी ५५ वर्षीया महिलाको शव सेनाले व्यवस्थापन गरेको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गत सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा महिलाको आइतबार दिउसो मृत्यु भएको थियो ।
सेतीको अस्थायी कोभिड अस्पतालमा मृत्यु भएकी महिलाको भवानी दल गणका सह–सेनानि नवलसिह रोकायाको समुहले वडा नम्बर ७ को वन क्षेत्रमा शव व्यवस्थापन गरेको सेनाले बताएको छ ।