धनगढी मालपोतबाट मोटरसाइकल चोरी गर्ने पक्राउ
२०७७ मंसिर २९, ०८:३१
धनगढीः भूमि सुधार तथा मालपोत कार्यालय कैलालीबाट चोरी भएको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन ।
जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीका १६ वर्षीय अर्जुन विष्टलाइ प्रहरीले मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो । कार्यालयमा पार्किङ गरेको से ३ प ३७४ नम्बरको मोटरसाइकल चोरी भएकोमा उनलाइ पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।
कमेन्ट लोड गर्नुस