सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा भेटिएको शवबारे केही रहस्य खुल्यो, अझै धेरै खुल्न बाँकी

फोटो : पुस्कर भट्ट
फोटो : पुस्कर भट्ट
२०७७ मंसिर १२, ०४:४५ खबर संवाददाता

धनगढीः महेन्द्रनगरमा मृत भेटिएका युवकको पहिचान खुलेको छ।

शुक्रबार बिहान भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारस्थित भानु पार्टी प्यालेसको छेउमा मृत अवस्थामा भेटिएका युवक वेदकोट नगरपालिकाका भएको खुलेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मृतक वेदकोट नगरपालिका–४ को बगुनमा रहेको सुनार टोल बस्ने २५ वर्षीय कमल दमाईँ रहेको दिनेश खबरलाई जानकारी दिए। 

थापाका अनुसार दमाईँ ज्यालादारी गर्ने भन्दै गत असोजमा घरबाट हिडेको खुलेको छ। 

स्याङ्जा जान्छु भन्दै हिडेका दमाईँले बिहीबार बुवालाई फोन गरी घर फर्किरहेको जानकारी गराएको पाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए। 

घाँटीमा टेलिफोनको तरको पासोले बेरिएको अवस्थामा मृत भेटिएका दमाईँको मृत्युको कारण भने खुलेको छैन। 

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ। 

मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। 

सम्बन्धित समाचार 

महेन्द्रनगरमा युवक मृत भेटिए

महेन्द्रनगरमा मृत भेटिएका युवकको हत्या आशंका, धनगढीबाट तालिम प्राप्त कुकुर लगियो

कमेन्ट लोड गर्नुस