सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा मृत भेटिएका युवकको हत्या आशंका, धनगढीबाट तालिम प्राप्त कुकुर लगियो

२०७७ मंसिर १२, ०९:२१ खबर संवाददाता

धनगढीः महेन्द्रनगरमा मृत भेटिएका युवकको हत्या आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। 

भीमदत्त नगरपालिका – ४ स्थित महेन्द्रनगर बजारमा रहेको भानु पार्टी प्यालेस नजिकै घाँटीमा टेलिफोनको तारको पासोले बेरिएको अवस्थामा मृत भेटिएका युवकको हत्या आशंकामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

‘सनाखत हुन नसकेको युवकको शव हेर्दा बाहिरी शरीरमा कुनै चोटपटक देखिदैन्,’  कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले दिनेशखबरसँग भने, ‘घाँटीमा तारले वेरिएको अवस्थामा शव भेटिएको छ। हामीले अनुसन्धान थालेका छौँ ।’

थापाले घटनाको अनुसन्धानका लागि प्रदेशको अस्थायी राजधानी धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको दिनेशखबरलाई उनले जानकारी दिए। 

यस्तै प्रहरीले आसपासका क्षेत्रमा रहेका सीसी क्यामेरा फुटेजको समेत विश्लेषण थालेको छ। 

उनका अनुसार युवकको हत्या आशंकामा अनुसन्धान अगाडी बढाइएको हो। तर ती युवकको पहिचान भने हुन सकेको छैन। 

शुक्रबार बिहान भानु पार्टी प्यालेस नजिकै युवक मृत भेटिएका हुन। 

सम्बन्धित समाचार 

महेन्द्रनगरमा युवक मृत भेटिए

कमेन्ट लोड गर्नुस