सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोलन्या थलीद्वारा बाजुराबाट असाहय बालकको उद्धार

२०७७ मंसिर ७, ०२:३० खबर संवाददाता

धनगढी: बोलन्या थलीले बाजुराबाट एक असाहय बालकको उद्धार गरेको छ । बाजुराको बुढीगंगा नगरपालिका–१० का ९ वर्षीय हिमाल विकलाई उद्धार गरिएको थलीले जनाएको छ । 

बोलन्या थलीका बाजुरा यूनिट सह–संयोजक पारस रावलले बालकलाई धनगढी पुर्याएका थिए । अहिले बालक विकलाई कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसको जिम्मा लगाएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए । 

आमाबुवा नभएका विक बाजुरामा गिट्टी कुट्ने काम गरेर गुजारा चलाइरहेको बोलन्या थलीले बताएका छ । 

बोलन्या थली सुदूरपश्चिम प्रदेशमा नागरिक अभियानको रुपमा रचनात्मक आन्दोलन गर्दै आइरहेको गैर नाफामुलक संस्था हो ।

बोलन्या थलीले यसअघि पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसद, कांग्रस सभापति शेरबहादुर देउवासँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ ।

यस्तै पश्चिम सेती निर्माणका लागि दबाव दिन दिउँसै टुकी बालेर प्रदर्शन र प्रधानमन्त्रीलाई १ लाख पत्र संकलन कार्य समेत गरेको थियो । 

कमेन्ट लोड गर्नुस