सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका थप ३८ जनामा कोरोना पुष्टि

२०७७ मंसिर ५, ०२:५५ खबर संवाददाता

धनगढीः कैलालीका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार ३१८ जनाको परीक्षण गर्दा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर २ र ४ का ३/३ जना, त्यस्तै वडा नम्बर १ का २ जनामा संक्रमण देखिएको जानकारी दिए ।

कैलालीकै भजनी नगरपालिकाका ८ जना, लम्किचुहा नगरपालिकाका ६ जना, गोदावरी नगरपालिकाका २ जना, यस्तै गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र टीकापुर नगरपालिकाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको  छ । कैलालीकै ठेगाना नखुलेका ४ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
 

कमेन्ट लोड गर्नुस