सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी सिंहको सरुवा

२०७७ मंसिर ५, ०२:२९ खबर संवाददाता

धनगढी: नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । शुक्रबार  गृह मन्त्रालयले सरुवा सूची निकालेको  छ । 

जसअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहको सरुवा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, डोटीमा भएको छ । उनको ठाउँमा मोहन कुमार आर्चाय आउने भएका छन् । 

आर्चाय संघीय प्रहरी एकाई कार्यालय रुपन्देहीमा कार्यरत थिए । 

कमेन्ट लोड गर्नुस