कैलालीमा २ लाख ५० हजारका अवैध कोट पाईन्ट र सर्ट बरामद
धनगढीः कैलालीमा २ लाख ५० हजार बराबरका अवैध कपडा बरामद गरिएको छ ।
सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह आरआइटी र ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले भारतबाट भित्र्याउँदै गरेका अवैध कपडा बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले १ सयवटा कोट र १ सय ५० सर्ट पाईन्ट बरामद गरिएको दिनेश खबरलाई जानकारी दिए ।
न्यौपानेका अनुसार खक्रौला नाकाबाट भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा ती कपडा बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाईको छ ।