बुवाको पुण्यतिथीमा मावन सेवा आश्रमलाई सहयोग
२०७७ मंसिर १, ०५:१८
धनगढी: कैलालीको गोदावरी नगरपालिका–४ का श्याम खड्का, नैन खड्का र मकरबहादुर खड्काले आफ्ना स्वर्गिय बुवा नन्दसिह खड्काको पुण्यतिथीको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेका छन् ।
उनीहरुले आश्रममा रहेका असाहयलाई ५ हजार ५ सय बराबरको बेलुकीको खाना र ३ हजार ७ सय बराबरको ३९ जोर चप्पल सहयोग गरेका हुन ।
कमेन्ट लोड गर्नुस