धनगढीमा मोटरसाइकल दुर्घटना, ३ जना घाइते
धनगढी: कैलालीको धनगढी उप–महानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
धनगढीको बोराडाडी चोकमा लु६५प २६५७ नम्बरले मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जना र साइकल यात्रु १ जना घाइते भएका हुन ।
घाइते हुनेमा अन्दाजी वर्ष २४ का मोटरसाइकल चालक हरेन्द्र कुँवर, मोटरसाइकलमा सवार अन्दाजी वर्ष २५ का केशवराज जोशी र साइकल यात्री वर्ष १९ का ललित बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।