सुदूरपश्चिम प्रहरीद्धारा ६५ औँ प्रहरी दिवसको अवसरमा मानव सेवा आश्रमलाई सहयोग
धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दियायलले ६५ औँ प्रहरी दिवसको पूर्व सन्ध्यामा मानव सेवा आश्रम धनगढीलाई सहयोग गरेको छ।
शुक्रबार परेको प्रहरी दिवसको अवसर पारेर प्रदेश प्रहरी कार्यालयले आश्रममा आश्रीत सडक मानवका लागि खाद्यान्न सहयोग गरेको हो।
प्रदेश प्रहरी कार्यालयले ४ बोरा चामल, एक बोरा आलु, एक कार्टुन तेल, १० किलो मिक्स दाल र ५ प्याकेट नुन लगायतका खाद्यान्नका सामाग्री हस्तान्तरण गरेको मानव सेवा आश्रमले जनाएको छ।
खाद्यान्न सामाग्री हस्तान्तरणका लागि प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिह मानव सेवा आश्रम पुगेका थिए।