सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट अबैध बाख्रासहित दुई जना भारतीय पक्राउ

२०८३ वैशाख १८, ०७:५५ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरबाट अबैध बाख्रासहित दुई जना भारतीय पक्राउ परेका छन्।

कैलालीको टीकापुर नगरपालिका ८ अर्नहवाफाटा स्थित अबैंध रुपमा नेपालबाट भारत तर्फ भन्सार छली गरि लैजादै गरेका अन्दाजी मूल्य १ लाख ३० हजार बराबरको बाख्रा र मोटरसाइकलसहित भारतको लखिनपुर तिकुनिया बस्ने ५५ वर्षीय जाबिर कुरेसी र सोही ठाउँ बस्ने ३८ वर्षीय समिर कुरेसी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त बाख्रा, मोटरसाइकल र दुवै जनालाई नियन्त्रण लिएको बताएको छ। 
 

कमेन्ट लोड गर्नुस