सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी र लागूऔषध मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ

२०८३ वैशाख १८, ०७:५६ खबर संवाददाता

कञ्चनपुरः चोरी र लागूऔषध मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चोरी मुद्दामा ३ महिना कैद सजाय र ५ हजार जरिवाना र अभद्र ब्यबहार मुद्दामा २७ दिन कैद सजाय र ३ हजार जरिवाना तोकिएको भीमदत्त नगरपालिका–१८ भगतपुर बस्ने  २३ वर्षीय योगेश माल र लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने २२ वर्षीय प्रदिप राना रहेका छन्।

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। 
१. 

कमेन्ट लोड गर्नुस