सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रादेशिक गौरवको सडकको शिलान्यास

२०७७ असोज २३, ०८:२७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको प्रादेशिक गौरवको सडकको कैलालीमा शिलान्यास गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको भजनी छोटी भन्सार–बौनिया–खिमडी सडकको तीन किलोमिटर कालोपत्रे  गर्न शिलान्यास गरेका हुन्। 

बौनिया–फलबिसना सडक खण्डको कालोपत्रेका लागि १२ करोड विनियोजन गरिएकोमा सात करोडमा ठेक्का सम्झौता गरिएको पूर्वाधार कार्यालय कैलालीले जनाएको छ। मुख्यमन्त्री भट्टले प्रदेशका गाउँका बस्तीहरुलाई सडक सञ्जालसँग जोड्न प्रादेशिक गौरवका सडक योजना ल्याएको बताए। उनले पक्की पुलको समेत शिलान्यास गरेका छन्।

मुख्यमन्त्रीसँगै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहोराको समेत शिलान्यास कार्यक्रममा सहभागिता रहेको थियो। 

कमेन्ट लोड गर्नुस