सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संक्रमितको संख्या ४८४ पुग्यो, ६४ प्रतिशतको ‘ट्राभल हिस्ट्री’ छैन्

२०७७ असोज ६, ०६:५४ खबर संवाददाता

धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या पाँच सय नजिक पुगेको छ। धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमवार सम्म उप–महानगर क्षेत्रका चार सय ८४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

एक सय ७४ महिला र  तीन सय १० पुरुष गरी चार सय ८४ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए।

उनका अनुसार उप–महानगर क्षेत्रका एक सय ३७ महिला र दुई सय ४१ पुरुष गरी तीन सय ७८ जनाले कोरोना जितिसकेका छन्। ३५ महिला र ६९ पुरुष गरी एक सय चार जना संक्रिय संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए। 

संक्रमण पुष्टि भएका झण्डै ६४ प्रतिशतको ट्राभल हिस्ट्री नरहेको उनले बताए। उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का दुई महिलाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ।  
 

कमेन्ट लोड गर्नुस