पितृहरुको पुण्यतिथीमा कुँवरद्वारा मानव सेवा आश्रमलाई सहयोग
धनगढी: पितृहरुको पुण्यतिथीमा लायन्स् क्लब अफ धनगढी सिटीकी सचिव सन्जिता कुँवरले मानव सेवा आश्रमलाई सहयोग गरेकी छन्।
आफ्ना स्वार्गिय पितृहरुको सम्झनामा दिनेश एफएमकी बजार व्यवस्थापक समेत रहेकी उनले आश्रममा आश्रय लिइरहेका बेसहाराहरुलाई एक छाक खाना खुवाएकी छन्।
खानाका लागि उनले २ हजार ५ सय सहयोग गरेको आश्रमले जानकारी दिएको छ। कुँवरले यसअघि पनि मानव सेवा आश्रमलाई सहयोग गर्दै आइरहेकी छन्।